×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर रकम ठगी गर्ने तीन जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीको प्रलोभनमा पारेर रकम ठगी गर्ने तीन जना पक्राउ

Artha Sarokar

२७ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विदेश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय सुशान्त सिंह, ३६ वर्षीय सल्लउदिन वेग र ५३ वर्षीय राजु दाहाल रहेका छन् ।
उनीहरुले वैदेशिक रोजगारीको प्रलोभनमा पारेर दुबई, कुबेत र क्रोएसियालगायतका देश पठाईदिने भन्दै रकम ठगी गरेका थिए । प्रहरीका अनुसार पक्राउ परेकामध्ये सुशान्त सिंहले दुई जनाबाट ८ लाख ४० हजार रुपैयाँ, सल्लउदिन वेगले दुई जनाबाट ७ लाख २० हजार रुपैयाँ र राजु दाहालले तीन जनाबाट ८ लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए ।
पीडितहरुले दिएको जाहेरीका आधारमा खोजतलास गर्दै जाँदा काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । हाल उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी