काठमाडौँ । इसेवाका सिइओ जगदिश खड्का सम्मानित भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को वार्षिक साधारण सभामा सिइओ खड्का सम्मानित भएका हुन् ।
विभिन्न पब्लिक कम्पनीहरूमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) एवम् अध्यक्ष बन्न सफल आफ्ना सदस्यहरुलाई सम्मान गर्दै एक्यानले विभिन्न संस्थाका कार्यकारी प्रमुख तथा अध्यक्षहरुलाई सम्मान गरेको हो । कार्यक्रममा संघका अध्यक्ष सिए. अरुण राउतले खड्कालाई सम्मान गरेका हुन् ।
खड्कासँगै खल्ती डिजिटल वालेटका सिइओ विनय खड्का, कुमारी बैंकका सिइओ रामचन्द्र खनाल, ज्योति बिकास बैंकका सिइओ कपिल ढकाल, नेपाल दूरसंचार प्राधिकरणका सिइओ भुपेन्द्र भण्डारी, लगायतलाई पनि सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा संघले ६५ बर्ष नाघेका आफ्ना जेष्ठ सदस्यहरुलाई पनि सम्मान गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्