×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक करोड खर्चेर फोहर व्यवस्थापन कार्य सुरु

LAXMI SUNRISE BANK
GLOBAL

एक करोड खर्चेर फोहर व्यवस्थापन कार्य सुरु

२३ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बागलुङ नगरपालिका क्षेत्रमा फोहर व्यवस्थापन प्रारम्भ भएको छ । नगरपालिकाका निम्ति चुनौती बनेको फोहर व्यवस्थापन अब घरबाट नै वर्गीकरण गरी प्रशोधनको प्रबन्ध गरिएको छ ।

‘जिरो वेस्ट’ प्रविधिबाट फोहरलाई व्यवस्थापन गर्न नगरपालिकाले रु एक करोड लागतको योजनामा धमाधम काम गरिरहेको छ ।

नगरपालिकाले ‘क्लिन बागलुङ’ परियोजना अघि सारेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

नगरपालिकाले बागलुङ बजारमा १५ हजार फोहर सङ्कलन गर्ने तीनथरि रङका बाल्टी वितरण गर्न थालेको छभने सोही रङकै सवारीसाधन तयारी अवस्थामा राखिएको छ । कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहरको छुट्टाछुट्टै व्यवस्थापन गर्न लागेको नगरप्रमुख श्रेष्ठले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी