काठमाडौँ । ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ पाइने भएको छ । बैंकले नयाँ खाता खोल्दा नियमित सुविधाहरूसहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको हो ।
यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरू सँगसँगै डिम्याट खाता, मेरो सेयर, सि-आस्वा, तथा टीएमएस खाता खोल्न आवेदन दिन पाइनेछ ।
ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा बिक्री) का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको सञ्चालनको लागि मेरो सेयर, आइपिओ भर्न चाहिने सि-आस्वा रजिष्ट्रेशन नम्बर र जेबिएनएल सेक्यरिटिजमा सेयर बजारमा शेयर खरिद तथा बिक्रीका लागि आवश्यक पर्ने टीएमएस खाता सुविधा ग्राहकले पाउनेछन् ।
यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकता अनुसार यो सुविधा प्रयोग गर्न सकिनेछ । यी सेवाहरू बैकको ३५४ वटा शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ । बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइरहेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिनेछ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २५५ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टरहरू र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्