काठमाडौँ । होनर नेपालले आफ्नो प्रतीक्षित दशैं अफर ल्याएको छ । यस वर्ष होनरले ‘होनर किन्नुहोस्, थाइल्याण्ड घुम्नुहोस्’ अभियान ल्याएको हो । जसमा ग्राहकहरूका लागि रोमाञ्चक पुरस्कार र अफरहरू समावेश छन्।
कुनै पनि होनर स्मार्टफोन किन्दा ग्राहकहरूले थाइल्यान्ड भ्रमण र अन्य अविश्वसनीय पुरस्कार जित्ने मौका पाउनेछन्। यस अभियानले दशैंको चाडमा उत्साह र खुसी थप्न उद्देश्य राखेको छ, जसले ग्राहकहरूलाई थप कारण दिएर यो पर्वलाई विशेष बनाउन मद्दत पुर्याउँछ। यो अफर १७ सेप्टेम्बर २०२४ देखि ७ नोभेम्बर २०२४ सम्म नेपालभरका सबै होनर एक्सक्लुसिभ शपहरू र अधिकृत बिक्रेताहरूका उपलब्ध हुनेछ। हरेक होनर स्मार्टफोनको खरिदले यस रोमाञ्चक अभियानमा सहभागी हुन अवसर दिन्छ, जसमा ग्राहकहरूले जित्न सक्छन्ः
. ग्रान्ड पुरस्कारः थाइल्यान्ड भ्रमण, अप्रिला एसआर १२५ स्कुटर र होनर म्याजिक भि २
. साप्ताहिक पुरस्कारः मार्सल स्पिकर र होनर २ सय
. दैनिक पुरस्कारः होनर च्वाइस एयरबड्स् इक्स ५ र साइक्लिक जिटि वाच
होनर नेपालका राहुल राठीले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘हामी दशैंको यस पावन अवसरमा हाम्रो ‘होनर किन्नुहोस्, थाइल्याण्ड घुम्नुहोस्’ अभियान ल्याउन पाउँदा अत्यन्तै खुशी छौँ। हाम्रो उद्देश्य ग्राहकहरूको दशैंलाई अझ विशेष र सम्झनलायक बनाउन उत्कृष्ट पुरस्कारहरू प्रदान गर्नु हो।’
यसमा सहभागी हुनको लागि ग्राहकहरूले कुनै पनि होनर स्मार्टफोन किन्नुपर्छ र खल्ति एपमार्फत दामी क्यूआर स्क्यान गरेर आफ्नो पुरस्कार थाहा पाउन सकिन्छ। यो अभियान पर्वको भावना मनाउने उद्देश्यले ल्याइएको हो, जसमा दैनिक, साप्ताहिक र ग्रान्ड पुरस्कार जित्ने मौका छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्