काठमाडौँ । हास्य कलाकार सुलेमान शंकर पक्राउ परेका छन् । नक्कली कलाकार बनाएर विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । नेपाली सिने जगतमा इकुका नामले फेमस सुलेमानलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काठमाडौँको हात्तिगौंडबाट पक्राउ गरेको हो ।
इकुले कलाकार भिजामा क्यानडा, अमेरिका र युरोप देशहरुमा पठाइदिने भन्दै प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँसम्म असुली गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।
सीआईबीको अनुसन्धानबाट उनले उक्त पैसा एसएमएस फिल्म प्रालिको नाममा खोलिएको बैंक खातामा जम्मा गर्न लगाएको पनि खुलेको छ ।
इकुले विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट पैसा उठाएको तर महिनौँसम्म पनि विदेश नपठाएर रकम ठगी गरेको भन्दै विभिन्न व्यक्तिले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि इकुलाई पक्राउ गरिएको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
हाल इकुलाई जिल्ला अदालत काठमाडौँबाट थुनामा राख्न म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । उनीसँगै नक्कली कलाकार बनाएर विदेश पठाउने भन्दै गरिएको ठगीमा अन्य कलाकारकोसमेत संलग्नता रहेको आशङ्का गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्