×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्याबिट्याट पावर कम्पनीले आइपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ह्याबिट्याट पावर कम्पनीले आइपीओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

Artha Sarokar

१८ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ह्याबिट्याट पावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याबिट्याट पावर कम्पनीले आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले आइपीओ जारी गर्नको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहको लागि र बाँकी १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई जारी गर्ने जनाएको छ ।

सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष बटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले पाँचथर जिल्लामा ९.९ मेगावाट क्षमताको हेवाखोला ए साना जल विद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीका अनुसार आयोजनाको कार्य ७० प्रतिशत सम्पन्न भइसकेको र चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी