काठमाडौँ । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले सेयर निष्कासनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।
कम्पनीको कर्पोरेट कार्यालय, बालकुमारी, ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच कान्तिपुर फर्मास्युटिकल्स ल्याबको तर्फबाट संचालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले जारी पुँजीको १४.८६ प्रतिशत अर्थात् ११ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरूलाई विक्री गर्न लागिएको हो । सन् २०१८ सालमा स्थापित भएको यस कम्पनीले औषधि व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी भेटेरिनरीसम्बन्धी औषधिहरूको अनुसन्धान तथा आहारपुरक सप्लिमेन्टस् उत्पादन गर्दै बिक्री वितरण गरिरहेका छन् ।
त्यसैगरी कम्पनीले उत्पादन गरिरहेका औषधिहरू विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको ढाँचामा गुड म्यानिफ्याक्चरिङ प्राटिक्स (जीएमपी) तथा एफएएमआईक्यूएस अनुसार प्रमाणीकरण प्रमाणपत्रहरू प्राप्त गरी नेपाल तथा अन्तराष्ट्रिय बजारमा बिक्री बितरण गर्ने लक्ष्य रहेको छ ।
हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिहरूको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ भने जसमध्ये १३ वटा औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । अन्य औषधिहरूको बिक्री वितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्