काठमाडौँ । डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दसैँको दोस्रो च्याप्टर घोषणा गरेको छ । यस योजना अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले वल्डलिंकको बिल भुक्तानी गर्दा नामी ०१ इ३ इभी कार जित्न सक्नेछन् ।
असोज ३० गतेदेखि पुष १० गतेसम्म लागु हुने यस अफरमा प्रयोगकर्ताहरूले खल्तीबाट वल्डलिंक इन्टरनेटको बिल भुक्तानी गर्दा नामी ०१ इ३ इभी कार जित्न सक्नेछन् । साथै, प्रयोगकर्ताहरूले हरेक हप्ता सामसङको प्रडक्ट जित्न सक्नेछन् भने बोटका प्रडक्टहरूमा ५३ प्रतिशतसम्मको र सामसङका प्रडक्टहरूमा ३९ प्रतिशतसम्मको छुट भाउचरहरू प्राप्त गर्न सक्नेछन् ।
यो अफर नयाँ वल्डलिंक सब्सक्रिप्सन् साथै नवीकरण दुबैका लागि लागु हुनेछ । यस योजना अन्तरगत १ महिनादेखि २४ महिनासम्मको इन्टरनेट प्याकेज भुक्तानीमा र्याफल टिकट (विशेष कुपन) पाइने व्यवस्था गरिएको छ र सोही कुपन मार्फत प्रयोगकर्ताहरू लक्की ड्रका लागि छनोट हुनेछन् ।
गत दसैँमा ‘खल्तीबाट वल्डलिंकको भुक्तानी गरेर दुबई घुमौँ रमेर’ अफर मार्फत २४ जोडीले दुबई घुम्ने मौका पाएका थिए भने यस पाली ‘गाडी चढौँ सरर’ अफरमा जित्ने मौका रहेको छ।
खल्तीले आफ्नो ‘खल्ती फुल दसैँ’ योजना अनतर्गत पहिलो च्याप्टरमा आन्तरिक फ्लाइट टिकट काट्दा थाइल्यान्ड घुम्ने अफर पनि घोषणा गरेको थियो । यसका साथै अझै धेरै आकर्षक खल्ती फुल च्याप्टरहरू आउन बाँकी रहेको खल्तीले जनाएको छ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले चाडपर्वको अग्रिम शुभकामना दिँदै भर्खरै २९औं वार्षिकोत्सव मनाएको वल्डलिंकको इन्टरनेट भुक्तानीमा आकर्षक उपहारहरू सहित बम्परमा इभी कार रहेको खल्तीफुल दसैँ योजना घोषणा गरेका छन् । सबै प्रयोगकर्ताले धेरै भन्दा धेरै कारोबार गरी खल्ती फुल हुने अफरहरू रहेको ‘खल्ती फुल दसैँ’ योजनाबाट लाभान्वित हुनेमा खल्ती परिवार विश्वस्त रहेको उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्