Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंक ‘एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट कार्डस् बिजनेस’ र ‘एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ अवार्डबाट सम्मानित

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंक दुई अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल-२०२४’ सम्मेलनमा कुमारी बैंक दुई अवार्डबाट सम्मानित भएको हो ।

असोज ४ गते आयोजित सम्मेलनमा भिसा इन्टरनेसनलले कुमारी बैंकलाई ‘एक्सिलेन्स इन कन्ज्युमर क्रेडिट कार्डस् बिजनेस’ र ‘एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस’ अवार्डहरुबाट सम्मानित गरेको छ ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवासुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

साथै, आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जानेसमेत प्रतिबद्धता जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK