×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलद्वारा इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको भन्नेबारेमा स्पष्टोक्ति 

LAXMI SUNRISE BANK

एनसेलद्वारा इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको भन्नेबारेमा स्पष्टोक्ति 

४ आश्विन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनी खरिद गरेको भन्नेबारेमा स्पष्टोक्ति गराएको छ । एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरु अपरिपक्व र अनुमानमा आधारित भएको जानकारी गराएको हो ।

एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुदाँ यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामासमेत कम्पनी प्रतिबद्ध रहेको छ ।

नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु एनसेलको लक्ष्य रहेको छ । एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्याउन निरन्तर कार्य गरिरहेको छ ।

एनसेलले आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्तत: थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिइरहेको छ । एक जिम्मेवार सेवा प्रदायकको रूपमा एनसेलले सधैं पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी