काठमाडौँ । नेपाल एसबिआई बैंकका ग्राहकहरुले बुद्ध एयरको टिकटमा छुट पाउने भएका छन् । बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशतसम्म छूट पाउने भएका हुन् ।
बैंक र बुद्ध एयर प्रालिबीच छुट दिने सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा तथा बुद्ध एयर प्रालिका मार्केटिङ सेल्स रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।
हाल कम्पनीले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्