काठमाडौँ । एनएमबि बैंक लिमिटेडले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले विश्व मुटु दिवसको अवसरमा असोज १३ गते बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ स्वास्थ्य शिविर सञ्चालन गरिएको बैंकको जनाएको छ ।
एनएमबि बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा मात्र नभई ग्राहक तथा समुदायका सदस्यहरूको स्वास्थ्यलाई समेत मध्यनजर गर्नुपर्ने विश्वासका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ ।
उक्त कार्यक्रममा स्वास्थ्यकर्मी र विशेषज्ञहरूले साधारण स्वास्थ्य परिक्षण गरि मुटुलाई स्वस्थ राख्नका लागि आवश्यक केही महत्वपूर्ण जानकारीहरू उपलब्ध गराएका थिए ।साथै, कार्यक्रमको माध्यमबाट मुटुसँग सम्बन्धित रोग लाग्न सक्ने प्रमुख कारण, स्वस्थ जीवनयापन र नियमित स्वास्थ्य परीक्षणको महत्व बारे जानकारी प्रवाह गरिएको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्