×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ठग्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL

कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ठग्ने एक जना पक्राउ

२६ भाद्र २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहुलियतमा कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाजुराको बुढीनन्दा गाउँपालिका वडा नं. १ का विष्णु बहादुर कार्की रहेका छन् ।

उनले एक जनालाई साढे १४ करोड रुपैयाँ कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ३१ हजार ७ सय रुपैयाँ ठगी गरेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले सोमबार बुढानीलकण्ठ नगरपालिका- ५ न्यु कोलोनीबाट पक्राउ गरेको हो ।  

कृषि फार्म सञ्चालन गरेका एक युवालाई तपाईँको फार्मको नाममा अमेरिकाबाट १४ करोड ५१ लाख ९८ हजार ५ सय ४८ रुपैयाँ कर्जा आउँदैछ २.५ प्रतिशत ब्याजदरमा भनेर कार्कीले प्रलोभनमा पारेका थिए । त्यसपश्चात् विभिन्न बहानामा पीडितबाट १७ लाख ३१ हजार रुपैयाँ लिएर उनी फरार भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनले आफू पिएचडी डाक्टर तथा हाइप्रोफाईल व्यक्ति भएको भन्दै कर्जा मिलाइदिने प्रलोभनमा पारेर रकम ठग्ने गरेका थिए । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी