×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जापान पठाउने भन्दै चार लाख बढी ठग्ने एक जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

जापान पठाउने भन्दै चार लाख बढी ठग्ने एक जना पक्राउ

Artha Sarokar

३० भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जापान पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ०२ बस्ने ४२ वर्षीय राम कुमार जिमी रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं.  २५ सुन्धाराबाट पक्राउ गरेको हो ।

जिमीले तीन जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै ४ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी