Skip to content
LAXMI SUNRISE BANK

नेपाल प्रहरीमा खुल्यो ठुलो संख्यामा जागिर

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रहरीले ठुलो संख्यामा जागिर खुलाएको छ । प्रहरी प्रधान कार्यलयले भदौ २८ गते शुक्रबार एक सुचना जारी गर्दै प्रहरी निरीक्षक (इन्स्पेक्टर)  र प्रहरी सहायक निरीक्षक (सब इन्स्पेक्टर)का लागि जागिर खुलाएको जनाएको हो ।

देशका विभिन्न स्थानका लागि प्रहरी निरीक्षक ६४ र प्रहरी सहायक निरीक्षक २५६ जना गरी कुल ३२० जनाका लागि जागिर खुलाएको हो ।

प्रहरीमा जागिर खान इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन नेपाल प्रहरीको वेबसाइट मार्फत दिन सकिनेछ ।

प्रहरी निरीक्षकमा जागिर खान इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ भने प्रहरी सहायक निरीक्षकका लागि शिक्षण संस्थाबाट प्रमाण पत्र तह वा सो सरहको उत्तीर्ण गरेको हुनु पर्ने सुचनामा उल्लेख छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK