काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै उनले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) बिच समिकरण बनाइ स्थीर सरकार गठन भएको बताएका हुन् ।
‘सरकार अस्थीर हुँदा नयाँ समिकरण बन्ने भत्किने अवस्था थियो ।’, उनले भने, ‘सेवाप्रवाह ठिक ढङ्गले हुन सकेन, विकास निर्माणसँगै सुशासन अगाडि बढ्न पाएका थिएनन् ।’ सात बुँदे सहमतिको जगमा बनेको सरकारले देशमा भ्रष्ट्राचार नियमन गरी सुशासनको प्रत्याभूति दिने र दीगो शान्ति सुरक्षा प्रदान गर्न कटिबद्ध भएर अगाडि बढ्ने उनको भनाई छ ।
संविधानको कार्यान्वयन ठिक ढङ्गले गर्न आगामी निर्वाचनसम्म सत्ता समिकरण रहिरहने गृहमन्त्री लेखकले बताए । १८ वर्षदेखि थाती रहेको सङ्क्रमणकालीन न्यायको काम नयाँ गठबन्धनको स्थिर सरकार बनेपछि टुङ्गोमा पुगेको उनले उल्लेख गरेका छन् । जसले गर्दा सरकारप्रति जनतामा विश्वास बढेको उनको भनाई छ ।
कञ्चनपुरलाई भारत, नेपाल, चीनबिचको त्रिदेशीय नाकाको रुपमा विकसित गरिने गृहमन्त्री लेखकले बताए दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणसँगै महाकाली करिडोर निर्माणलाई तीव्ररुपमा अगाडि बढाइने उनले उल्लेख गर्नुभयो । त्यस्तै, त्रिदेशीय नाका बनाएर यहाँ उत्पादित वस्तुलाई निर्यात गर्न दैजी छेला औद्योगीक क्षेत्रमा उद्योग स्थापना गरिने उनले जानकारी दिएका छन् । भूमिसम्बन्धी आयोग गठनको कार्य अन्तिम चरणमा रहेको लेखकले बताएका छन् ।
सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न योजनाबद्ध रुपमा अगाडि बढेको उनको भनाई छ । लागुऔषधको समस्या चुनौतीका रुपमा रहेकाले उनले भारतीय विदेश सचिवसँगको भेटमा सीमापार क्षेत्रबाट हुने लागुऔषध ओसारपसार रोक्न जोडदार रुपमा मुद्दा उठाएको बताएका छन् । साथै भारतीय विदेश सचिवले दुवै क्षेत्रमा लागुऔषध रोकथामका लागि कडाइ गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएका छन् । वर्षौंदेखि थाती रहेको निकुञ्ज विस्थापित परिवारको पुनः स्थापना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसै क्रममा गृहमन्त्री लेखकलाई निकुञ्ज विस्थापित, बाढी प्रभावित क्षेत्रका बासिन्दाले ज्ञापनपत्र बुझाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्