×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकका सिइओ देवेन्द्ररमण खनाल सम्मानित

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

राष्ट्रिय वाणिज्य बैंकका सिइओ देवेन्द्ररमण खनाल सम्मानित

Artha Sarokar

१३ आश्विन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकका सिइओ देवेन्द्ररमण खनाल सम्मानित भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को वार्षिक साधारण सभामा सिइओ खनाल सम्मानित भएका हुन् ।

विभिन्न पब्लिक कम्पनीहरूमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) एवम् अध्यक्ष बन्न सफल आफ्ना सदस्यहरुलाई सम्मान गर्दै एक्यानले विभिन्न संस्थाका कार्यकारी प्रमुख तथा अध्यक्षहरुलाई सम्मान गरेको हो । कार्यक्रममा संघका अध्यक्ष सिए. अरुण राउतले खनाललाई सम्मान गरेका हुन् ।

खनालसँगै खल्ती डिजिटल वालेटका सिइओ विनय खड्का, इसेवा लिमिटेडका सिइओ जगदिश खड्का, ज्योति बिकास बैंकका सिइओ कपिल ढकाल, नेपाल दूरसंचार प्राधिकरणका सिइओ भुपेन्द्र भण्डारी लगायतलाई पनि सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा संघले ६५ बर्ष नाघेका आफ्ना जेष्ठ सदस्यहरुलाई पनि सम्मान गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी