Skip to content
LAXMI SUNRISE BANK

असोज ७ देखि सञ्चालन हुँदै चाडपर्व लक्षित सहुलियत पसल 

अर्थ सरोकार

काठमाडौँ । यसवर्ष चाडपर्व लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने भएको छ । 

सहुलियत पसल सञ्चालनबारे जानकारी दिँदै खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले असोज ७ गते उक्त पसल सञ्चालन गरिने जानकारी दिएका हुन् ।

आचार्यका अनुसार चालु आर्थिक वर्षमा सरकारले सहुलियत पसलका लागि कुल ३ करोड बजेट विनियोजन गरेको छ । उक्त सहुलियत पसलहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानमार्फत सञ्चालन हुनेछन् । 

सहुलियत पसलमा सबै चामल बजार मूल्य भन्दा प्रतिकिलो ५ रुपैयाँ, कर्णालीको रैथाने बालीमा प्रतिकिलो ७ रुपैयाँ, तेलमा प्रतिलिटर ७ रुपैयाँ, घिउमा प्रतिकेजी ९ रुपैयाँ, खसी, बोका र च्याङ्ग्रामा प्रतिकेजी १० रुपैयाँ छुट दिइने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार चालु आर्थिक वर्षमा देशभरीका ४२ जिल्लाका विभिन्न ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुनेछन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK