काठमाडौँ । समृद्धि फाइनान्सले सुबिशु केबल नेटसँग सम्झौता गरेको छ । कम्पनीले भदौ २३ गते फाइनान्सका सम्पूर्ण ग्राहकले सुबिसुको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेगरी सम्झौता गरेको हो ।
समझदारीपत्र अनुसार ग्राहकले तीन सय एमबिपिएस ब्यान्डविथ इन्टरनेट जडानमा १५ प्रतिशत, दुई सय र ८० एमबिपिएस जडान गर्दा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस किसिमको सहकार्यबाट फाइनान्सका ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ। छुटसम्बन्धी विस्तृत विवरण फाइनान्सको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।
समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्