×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धरौटी तिर्न नसक्ने बैंकिङ कसुरका दोषीलाई ६ महिना बढी नथुन्न सर्वोच्चको आदेश 

LAXMI SUNRISE BANK
GLOBAL

धरौटी तिर्न नसक्ने बैंकिङ कसुरका दोषीलाई ६ महिना बढी नथुन्न सर्वोच्चको आदेश 

२७ भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सर्वोच्च अदालतले जरिवाना बापतको धरौटी तिर्न नसक्नेलाई ६ महिना भन्दा बढी थुनामा नराख्न आदेश दिएको छ । 

अदालतले बैंकिङ कसुरको मुद्दामा कैद अवधि भुक्तान गरेर जरिवाना बुझाउन नसकेका कारण थुनामा रहेका एक व्यक्तिको मुद्दाको व्याख्याका क्रममा यस्तो फैसाला सुनाएको हो । 

सोही फैसलामार्फत सर्वोच्चले बैंकिङ कसुर मुद्दामा जरिवाना तिर्न नसकेर थुनामा रहेका व्यक्तिहरुलाई ६ महिनाभित्र फैसला नभए थुनामुक्त गर्न आदेश दिएको छ । 

थुनामुक्त भएको अवस्थामा उनीहरुलाई तारिखमा राखी मुद्दाको प्रक्रिया अघि बढाउन पनि अदालतले आदेश दिएको छ । योसँगै जरिवाना बापतको धरौटी तिर्न नसकेर थुनामै बसेकाहरुको मुद्दा ६ महिनाभित्र फैसला नभए ६ महिनापछि थुनामा बस्न नपर्ने भएको छ । तर, थुनामुक्त भए पनि मुद्दा भने चल्नेछ । 

तर, अदालतले यसअघि नै थुनामा पठाउनु भनी आदेश जारी गरिसकेकाहरुको हकमा भने यो सुविधा लागू हुनेछैन । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी