Skip to content
LAXMI SUNRISE BANK

मकवानपुरको पालुङमा एक दिने सेयर तालिम हुँदै 

अर्थ सरोकार

काठमाडौँ । मकवानपुरमा एक दिने सेयर तालिम हुने भएको छ । लियो क्लब अफ पिस थाहानगरको आयोजनामा भदौ २२ गते (शनिबार) सेयर सम्बन्धी तालिम हुने भएको हो । 

तालिम पालुङ जेसिज सभाहलमा हुनेछ भने तालिममा मुख्य प्रशिक्षक सेयर गुरु सुबासचन्द्र भट्टराई रहनेछन् । 

सेयर बजार सम्बन्धी एक दिने उक्त तालिममा सेयर बजारको सैद्धान्तिक ज्ञान, व्यवहारिक तालिम, जोखिम व्यवस्थापन, मूल्याङ्कन र विश्लेषण, मानसिकता र अनुशासन, समसामयिक बजारको जानकारी गराइनेछ  भने अन्तिममा प्रश्नोत्तर र परामर्श गरिनुका साथै प्रमाणपत्र समेत वितरण गरिनेछ । 

तालिममा सहभागी हुनका लागि ९८६११०१०८५१ र ९८१२२४४६५८ मा सम्पर्क गर्न सकिनेछ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK