काठमाडौँ । स्टार्टअप कर्जा प्रवाहको लागी औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सोमबार उद्योग मन्त्रालयको सभाहलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीको उपस्थितिमा त्रिपक्षीय सम्झौता भएको हो ।
सोही स्टार्टअप कार्यक्रम अवसरमा मन्त्री भण्डारीले नेपाली उद्यमशिलताको विकासका लागि र चुनौतीहरुलाई सम्भावनामा बदलेर अवसरहरु प्राप्त गर्ने कार्यक्रम रहेको बताएका छन् ।
स्टार्टअपको कार्यविधि मन्त्रालयले पारित गरिसकेको र एक अर्बको कोषलाई सूचना प्रवाह गरेर देशभरी नै आह्वान गरिसकेको पनि उनले जानकारी दिएका छन् ।
‘यतिबेला नेपाली उद्यमशिलतको विकासको लागि स्रोत र साधनमा आधारित विशेषत युवाहरु केही न केही मूलुकमा नै गरौँ, देशभित्रै सम्भावनाको खोजी गरौं । चुनौतीहरुलाई सम्भावनामा बदलेर अवसरहरु प्राप्त गर्ने सरकारको संकल्प छ । यस्तो आकर्षक कार्यक्रमको रुपमा रहेको स्टार्टअपको कार्यविधि मन्त्रालयले पारित गरिसकेको छ ।’, उनले भने, ‘एक अर्बको हाम्रो कोषलाई यतिबेला सूचना प्रवाह गरेर देशभरी नै आव्हान गरिसकेका छौँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्