काठमाडौँ । सामाजिक सञ्जाल टेलिग्रामका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पावेल दुरोभ जमानतमा छुटेका छन् । गत महिना फ्रान्सबाट पक्राउ परेका दुरोभ ५० लाख युरो तिरेर जमानतमा छुटेका हुन् ।
उनलाई म्यासेजिङ एप सम्बन्धी अपराधमा वारेन्टसहित फ्रान्सेली प्रहरीले उनको आफ्नै जेटमा पेरिसको ले बोर्गे एयरपोर्टबाट पक्राउ गरेको थियो ।
रुस, युक्रेन लगायतका देशमा लोकप्रिय टेलिग्राममा ड्रग डिलदेखि डाटा चोरी र पोर्नेग्राफीसम्मको सामाग्री सार्वजनिक भएको रिपोर्टमा उल्लेख छ । त्यसलाई नियमन नगरेको बरु झन् प्रोत्साहन गर्न खोजेको दुरोभमाथि आरोप छ ।
जमानतमा छुटेपछि दुरोभले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै आफ्नो पक्राउप्रति अचम्म लागेको बताएका छन् । उनले टेलिग्राम प्लेटफर्मको प्रयोग गरेर तेस्रो पक्षले गरेको अपराधको दोष आफूमाथि थोपर्नु र चार्ज गर्नु गलत भएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्