काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ पहिलो डेढ महिनाको अवधिमा ४४ लाख ६९ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ ।
पूर्व-पश्चिम राजमार्ग तथा अन्य सहायक मार्गमा चेकजाँचमा कडाइ गरेसँगै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतभन्दा बढीले राजस्व सङ्कलनमा वृद्धि भएको हो । चालु आव २०८१/८२ को पहिलो महिना साउनमा चार हजार एक सय सात सवारी साधनमाथि गरिएको कारबाहीबाट रु ३० लाख ८७ हजार पाँच सय एक र भदौ १५ गतेसम्म एक हजार सात सय ७९ सवारी साधनलाई गरिएको कारबाहीबाट रु १३ लाख ८२ हजार गरी रु ४४ लाख ६९ हजार पाँच सय एक सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए ।
कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा एक हजार सात सय १७ सवारी साधनलाई कारबाही गर्दा रु १२ लाख १२ हजार मात्र राजस्व सङ्कलन भएको जनाएको छ । विभिन्न सचेतना कार्यक्रमसँगै सडकमा ट्राफिक जाँचमा कडाइ गरेपछि मकवानपुरमा सवारी दुर्घटनामा समेत कमी आएको छ ।
कार्यालयकानुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउन र भदौको १५ गतेसम्ममा ३८ वटा सवारी दुर्घटना भएको छ । जसमा एक जना बालकको मृत्यु भएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा मकवानपुरमा दुई सय ४५ सवारी दुर्घटना हुँदा ५८ जनाको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । जबकी आर्थिक वर्ष २०७९/८० मा दुई सय ५२ सवारी दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७८/७९ मा तीन सय १७ दुर्घटनामा ७० जनाले ज्यान गुमाएका थिए ।
आर्थिक वर्ष २०८०/८१ मा रु दुई करोड ८३ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउने ३७ हजार नौ सय ६० सवारी साधनमाथि कारबाही गरी सो राजस्व सङ्कलन गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।
कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा ४७ हजार आठ सय ९९ सवारी साधनमाथि कारबाही गर्दा रु तीन करोड ६९ लाख ६७ हजार राजस्व संकलन गरेको थियो । ‘’हामीले ट्राफिक नियम र दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रमसँगै ट्राफिक जाँचमा कडाइ गरेका छौँ’, प्रहरी निरीक्षक अधिकारीले भने,‘आव २०८०/८१ मा मात्रै विद्यार्थी, नयाँ चालक, व्यवसायी, कर्मचारीलगायत दुई हजार ३७ पटकमा एक लाख ९६ हजार दुई सय ९५ जनालाई ट्राफिक नियमसम्बन्धी सचेतनामूलक सहजीकरण गरेका छौँ । यसबाहेक ठाउँ ठाउँमा पर्चा, पम्पलेट, स्टिकर टाँस र समय समयमा चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्दै आएका छौँ ।’
बढ्दो सवारी साधनको चाप, साघुँरो सडक, चालकको लापरबाही तथा सडकहरूमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना हुने गरेकाले यसबारे पनि नागरिकलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका प्रहरी निरीक्षक अधिकारीको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्