×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टीआई नेपालको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट मदन कृष्ण शर्मा निर्वाचित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

टीआई नेपालको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट मदन कृष्ण शर्मा निर्वाचित

Artha Sarokar

६ आश्विन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट मदन कृष्ण शर्मा निर्वाचित भएका छन् । टीआई नेपालको असोज ४ गते सम्पन्न २९ औँ वार्षिक साधारणसभाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट मदन कृष्ण शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

सभाले कार्यसमिति सदस्यमा सुनिता गुरुङ्ग, लीला प्रसाद सापकोटा, सुरेन्द्र वीर मालाकार, सरोजप्रसाद पाण्डे, महेन्द्र नारायण श्रेष्ठ, राजेश कुमार जोशी, सीता भट्टलाई निर्विरोध निर्वाचित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष लामो समयसम्म लेखापरीक्षण पेशामा संग्लग्न रहदै आएका छन् । उनी संस्थाको महासचिव र कार्यसमितिको सदस्यका रुपमा विगत ४ वर्ष क्रियाशील रहेका थिए । ९ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ ।

सभाले संस्थाको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी