×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अकबरे खुर्सानीको मूल्य ५० रुपैयाँले बढ्यो, बुधबार अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

अकबरे खुर्सानीको मूल्य ५० रुपैयाँले बढ्यो, बुधबार अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

Artha Sarokar

१९ भाद्र २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अकबरे खुर्सानीको मूल्य बढेको छ ।अकबरे खुर्सानीको मूल्य ५० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) ३२ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६८ रुपैयाँ र भारतीय रातो आलु ५५ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज १२५ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल  ६० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १३० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ६०, मकै बोडी ७०, घिउ सिमी लोकल ९०, घिउ सिमी राजमा १४०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ७०, लौका ५०, लोकल परवर ५० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ६०, झिगुनी ५०, फर्सी पाकेको ४०, भिण्डी २५, पिंडालू ७०, स्कुस २५ रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १२० र तोरीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ३००, कन्य च्याउ १५०, डल्ले च्याउ ४३०, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ४००, न्युरो ८०, ब्रोकाउली १५०, चुकन्दर ७०, रातो बन्दा १८०, जिरीको साग १३०, सेलेरी ६००, पार्सले १२००, पुदिना ६००, गान्टे मुला ८०, इमली १४०, तामा १००, तोफु १००, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ५०, भेडे खुर्सानी ९०, हरियो लसुन ३००, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन ३२०, छ्यापी सुकेको १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १५०, कागती २५०, अनार ३८०, अंगुर (कालो) ४००, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ४०, रुख कटहर ९०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २५०, लप्सी ४०, किवि ४०० र आभोकाडो २०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी