×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक सय रुपैयाँले बढ्यो बिहीबार हरियो धनियाँको मूल्य, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

LAXMI SUNRISE BANK
GLOBAL

एक सय रुपैयाँले बढ्यो बिहीबार हरियो धनियाँको मूल्य, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

२० भाद्र २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो धनियाँको मूल्य बढेको छ ।हरियो धनियाँको मूल्य १०० रुपैयाँले बढेर न्युनतम प्रतिकेजी ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६८ रुपैयाँ र भारतीय रातो आलु ५५ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज १२३ रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ, तराई गाजर ८० रुपैयाँ, बन्दा लोकल  ६० रुपैयाँ, बन्दा तराई ५० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १२० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल ३० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ८०, मकै बोडी ७०, घिउ सिमी लोकल ८०, घिउ सिमी राजमा १२०, भटमासकोसा ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ७०, लौका ५०, लोकल परवर ४० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ६०, झिगुनी ४०, फर्सी पाकेको ४०, भिण्डी ३०, पिंडालू ६०, स्कुस २५ रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १२० र तोरीको साग ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज २००, कन्य च्याउ १५०, डल्ले च्याउ ४००, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ४००, न्युरो ८०, ब्रोकाउली १२०, चुकन्दर ७०, रातो बन्दा १५०, जिरीको साग ६०, सेलेरी ५५०, पार्सले ११५०, पुदिना ५५०, गान्टे मुला ७०, इमली १४०, तामा १००, तोफु १००, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३००, खुर्सानी हरियो (माछे) ५०, भेडे खुर्सानी ९०, हरियो लसुन २५०, हरियो धनियाँ ३००, चाइनिज सुकेको लसुन ३००, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २३०, अनार ३५०, अंगुर (कालो) ४००, मौसम १३०, जुनार २००, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ४०, रुख कटहर ९०, नासपाती (लोकल)  ८०, नासपाती (चाइनिज) २५०, लप्सी ४०, किवि ४०० र आभोकाडो २०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी