काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो लसुनको मूल्य घटेको छ । हरियो लसुनको मूल्य ८० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६८ रुपैयाँ र भारतीय रातो आलु ५५ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज १२५ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, तराई गाजर १०० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, बन्दा तराई ४० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १२० रुपैयाँ, रातो मुला ३०, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ४०, मकै बोडी ७०, घिउ सिमी लोकल ७०, टाटे सिमी ६०, भटमासकोसा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला ५०, लौका ४०, लोकल परवर ४० रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ, घिरौला ४०, झिगुनी ४०, फर्सी पाकेको ४०, भिण्डी २५, पिंडालू ७०, स्कुस २० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १०० र तोरीको साग ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज २००, कन्य च्याउ १६०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली १००, चुकन्दर ६०, जिरीको साग ९०, सेलेरी ६००, पार्सले १२००, पुदिना ६००, गान्टे मुला ७०, इमली १५०, तामा ९०, तोफु १००, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ६०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ५०, भेडे खुर्सानी १००, हरियो लसुन २००, हरियो धनियाँ १४०, चाइनिज सुकेको लसुन ३००, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २००, अनार ३५०, अंगुर (कालो) ३५०, मौसम १००, जुनार २५०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ४०, हाइब्रिड काक्रो २०, अम्बा १२०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २८०, मेवा (नेपाली) ५०, लप्सी ४०, किवि ३००, आभोकाडो २०० र अमला ९० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्