×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अम्बाको मूल्य ६० रुपैयाँले घट्दा २० रुपैयाँले बढ्यो फुजी स्याउको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अम्बाको मूल्य ६० रुपैयाँले घट्दा २० रुपैयाँले बढ्यो फुजी स्याउको मूल्य

६ आश्विन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अम्बाको मूल्य घट्दा फुजी स्याउको मूल्य बढेको छ । अम्बाको मूल्य ६० रुपैयाँले घटेर न्यूनतम प्रतिकेजी ६० रुपैयाँ र फुजी स्याउको मूल्य २० रुपैयाँले बढेर ३२० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाली ठुलो गोलभेडा ८० रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ, सानो गोलभेडा (टनेल) ३८ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, मुडे रातो आलु ६८ रुपैयाँ र भारतीय रातो आलु ६४ रुपैयाँ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ११२ रुपैयाँ, लोकल गाजर १२०  रुपैयाँ, तराई गाजर १०० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, बन्दा तराई ३० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, रातो मुला २८, सेतो मुला लोकल २० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ७०, मकै बोडी ७०, घिउ सिमी लोकल ७०, टाटे सिमी ७०, भटमासकोसा ८० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ६०, लौका ४०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो २० रुपैयाँ, घिरौला ५०, झिगुनी ७०, फर्सी पाकेको ४०, भिण्डी ४०, बरेला १३०, पिंडालू ५०, स्कुस २० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ९० र तोरीको साग ५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज २००, कन्य च्याउ १२०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, कुरिलो ४००, न्युरो ७०, ब्रोकाउली १३०, चुकन्दर ६०, जिरीको साग ९०, सेलेरी ७००, पार्सले १८००, पुदिना ७००, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु ११०, गुन्द्रुक २५०, अदुवा १८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १००, खुर्सानी हरियो (बुलेट) १००, खुर्सानी हरियो (अकबरे) २६०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी १२०, हरियो लसुन ३००, हरियो धनियाँ १५०, चाइनिज सुकेको लसुन २८०, छ्यापी सुकेको १६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३२०, केरा (दर्जन) १४०, कागती २००, अनार ४००, अंगुर (कालो) ३५०, मौसम १००, जुनार २३०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ६०, हाइब्रिड काक्रो २०, निबुवा ४०, अम्बा ६०, नासपाती (लोकल) १००, नासपाती (चाइनिज) २८०, मेवा (नेपाली) ५०, लप्सी ३०, किवि ३००, आभोकाडो २०० र अमला ८० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी