काठमाडौँ । यति एयरलाइन्सका सिइओ सुवास सापकोटा सम्मानित भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को वार्षिक साधारण सभामा सिइओ सापकोटा सम्मानित भएका हुन् ।
विभिन्न पब्लिक कम्पनीहरूमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) एवम् अध्यक्ष बन्न सफल आफ्ना सदस्यहरुलाई सम्मान गर्दै एक्यानले विभिन्न संस्थाका कार्यकारी प्रमुख तथा अध्यक्षहरुलाई सम्मान गरेको हो । कार्यक्रममा संघका अध्यक्ष सिए. अरुण राउतले सापकोटालाई सम्मान गरेका हुन् ।
सापकोटासँगै खल्ती डिजिटल वालेटका सिइओ विनय खड्का, इसेवा लिमिटेडका सिइओ जगदिश खड्का, कुमारी बैंकका सिइओ रामचन्द्र खनाल, ज्योति बिकास बैंकका सिइओ कपिल ढकाल, नेपाल दूरसंचार प्राधिकरणका सिइओ भुपेन्द्र भण्डारी, लगायतलाई पनि सम्मान गरिएको थियो ।
सापकोटा यसअघि इसेवाकासमेत प्रमुख कार्यकारी अधिकृत थिए । सोही कार्यक्रममा संघले ६५ बर्ष नाघेका आफ्ना जेष्ठ सदस्यहरुलाई पनि सम्मान गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्