×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हवाई चाप बढेको छ, व्यवस्थित बनाउँछौं’ -मन्त्री पाण्डे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘हवाई चाप बढेको छ, व्यवस्थित बनाउँछौं’ -मन्त्री पाण्डे

१८ आश्विन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र चाडसँगै आएका कारण हवाई चाप बढेको बताएका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरणसभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

मन्त्री पाण्डेले यात्रुहरुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको पनि बताए ।  उनले भने, ‘विपद र महान चाडहरुसँगै आएका कारण हवाई चाप बढेको छ । यसलाई कसरी न्यायोचित बनाउने भनेर कुरामा हामी निरन्तर काम गरिरहेका छौं ।’

उनले पर्यटनमन्त्रालय सम्बद्ध संस्कृति, पर्यटन र हवाई नीतिहरु परिमार्जनको क्रममा रहेको बताउँदै ऐन नीतिहरु बनाएर सुदृढिकरण गर्ने उदघोष गरे । मन्त्री पाण्डेले ट्रेड युनियनलगायतका संघ, संस्थाहरुले सत्य, तथ्य कुरा मात्रै पस्कनुपर्ने भन्दै नेपालको हवाइ आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिन समेत अनुरोध गरेका छन् ।

मन्त्री पाण्डेले शुक्रबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यातायातसम्बन्ध पदाधिकारीहरुसँग छलफल गरेका छन् । साथै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरको समेत अवलोकन गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी