काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिकामा भण्डारी सेवा समाज नेपाल, रघुवंशी कौशिक गोत्रियको पालिका स्तरीय समिति गठन गरिएको छ । समाजले जिल्लाको तेमाल गाउँपालिका-१ शेकर कटेरीमा पालिका समिति गठन भएको हो ।
भुपालेश्वर आधारभुत विद्यालयमा एक कार्यक्रमकाबीच कात्तिक १० गते (शनिबार) समिति गठन गरिएको समाजका केन्द्रिय उपाध्यक्ष एवं बाग्मती प्रदेश तथा तराइमधेश इन्चार्ज कुमार भण्डारीले जानकारी दिएका छन् ।
कार्यक्रममा समाजका केन्द्रिय समिति अध्यक्ष वीर बहादुर भण्डारी प्रमुख अतिथि रहेका थिए भने केन्द्रिय उपमहासचिव बद्री कुमार भण्डारी, कोषाध्यक्ष रामहरि भण्डारी, तेमाल गाउँपालिकाका जनप्रतिनिधि शिव बहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमले रत्न भण्डारी (रामशरण)को अध्यक्षतामा ११ सदस्यीय पालिका समिति र तेमाल गाउँपालिकाका-१ को वडा सदस्य शिव बहादुर भण्डारीको संयोजकत्वमा ६ सदस्यीय गाउँपालिका सल्लाहकार समिति चयन गरिएको छ । कार्यक्रममा केन्द्रीय कार्यसमितिको तर्फबाट नवगठित पालिका समितिलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्