×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईयूसेबोन क्यापिटल मार्केट फुटसल सम्पन्न, सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटल बने च्याम्पियन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ईयूसेबोन क्यापिटल मार्केट फुटसल सम्पन्न, सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटल बने च्याम्पियन

Artha Sarokar

१८ आश्विन २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियन (ईयूसेबोन) को आयोजनामा भएको ईयूसेबोन क्यापिटल मार्केट फुटसल सम्पन्न भएको छ । उक्त फुटसलको च्याम्पियनसिपको उपाधि सेयर प्रो सेक्युरिटिज र एनएमबी क्यापिटलले जित्न सफल भएका छन् ।

बिहिबार ढुकु फुटसल हबमा भएको पुरुषतर्फको फाइनलमा सेयर प्रो सेक्युरिटिजले एसियन सेक्युरिटिजलाई २-१ गोलले पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै, महिला फाइनलमा एनएमबी क्यापिटलले सेबोनलाई पेनाल्टी शुटआउटमा २-१ ले हराएर च्याम्पियन बन्न सफल भएको छ । निर्धारित समयमा गोलरहित बराबरी भएपछि महिलाको फाइनल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

यस प्रतियोगितामा धितोपत्र बजारसँग आबद्ध संस्थाका लागि पुरुषतर्फ ३१ र महिलातर्फ ९ टिमको सहभागिता रहेको थियो । शनिबार हुने भनिएको फाइनल भारी वर्षाका कारण रोकिएको थियो । पुरुष विजेताले १ लाख र उपविजेताले ६० हजार, जबकि महिला विजेताले ६० हजार र उपविजेताले ४० हजार पुरस्कार प्राप्त गरेका छन् ।

व्यक्तिगत विधाका पुरस्कारमा महिलातर्फ उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता सेबोनकी निशा थापा र उत्कृष्ट गोलरक्षक एनएमबी क्यापिटलकी निशा देवकोटा चुनिएका छन् । पुरुषतर्फ सेयर प्रो सेक्युरिटिजका अर्घ रेग्मी उत्कृष्ट खेलाडी, एसबीआई बैंकका पुजन खड्का सर्वाधिक गोलकर्ता, र एसियन सेक्युरिटीजका प्रबिन पोखरेल उत्कृष्ट गोलरक्षक चुनिएका छन् ।

बिजेता खेलाडीलाई राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विकेश कुथु र आयोजक युनियनका अध्यक्ष अजय ढुंगानाले पुरस्कार प्रदान गरेका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी