काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने तयारी गरेको छ । पटक पटक ताकेता गर्दा पनि बक्यौता महसुल नतिरेपछि प्राधिकरणले कात्तिक ९ गते ४९ वटा उद्योगको लाइन काट्ने तयारी गरेको हो ।
प्राधिकरणले असोज २४ गते एक सुचना जारी गर्दै व्यवसायिक फर्महरुको नाम र उनीहरुको बक्यौता रकम नै उल्लेख गरेर सूचना सार्वजनिक गरेको थियो । उक्त कम्पनीहरुलाई बक्यौता तिर्न कार्तिक ८ गतेसम्मको म्याद दिइएको छ ।
बाबा जुट मिल, रघुपति जुट मिल, उदयपुर सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स, निगाले सिमेन्ट, अरिहन्त मल्टिफाइबर, मारुती सिमेन्ट, जगदम्बा स्टिल, अशोक स्टिल,शिवम् सिमेन्ट, अर्घाखाँची सिमेन्ट, नारायण रबर उद्योग, शुभश्री अग्नि सिमेन्ट, गोयन्का फुड्स, सर्बोत्तम सिमेन्ट, बुटवल सिमेन्ट, लक्ष्मी स्टिल, सोनापुर मिनरल्स, घोराही सिमेन्टलगायतको नाम सार्वजनिक भएको थियो ।
प्राधिकरणले ४९ उद्योगलाई बक्यौता तिर्न ताकेता गरेपछि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले प्राधिकरणको व्यवस्थापनलाई मन्त्रालयमा बोलाएर छलफल गरेका छन् ।
मन्त्री खड्काले लाइन काट्ने भन्दा पनि बक्यौता उठाउने उपायबारे छलफलका लागि प्राधिकरणका अधिकारीलाई बोलाएको उनको सचिवालयले जनााएको छ। कुलमानसहित प्राधिकरणका अधिकारी मन्त्रालय पुगेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्