×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौरिरस पठाउने भन्दै साढे ६ लाख ठग्ने महिला पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मौरिरस पठाउने भन्दै साढे ६ लाख ठग्ने महिला पक्राउ

२१ आश्विन २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मौरिरस पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सुर्खेत जिल्ला चिङगाड गाउँपालिका वडा नं. ०३ घर भई हाल काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १४ कलंकी बस्ने ३६ वर्षीया बिमला जि.सी रहेकी छिन् ।

उनले ५ जना बेरोजगार युवा युवतीहरुलाई वैदेशिक रोजगारीका लागि मौरिरस पठाईदिने भन्दै ६ लाख ५० हजार रुपैयाँ ठगी गरेकी थिइन् । उनीविरुद्ध विदेश पठाईदिने भन्दै लामो समय झुक्यानमा राखेर विदेश नपठाई सम्पर्क विहीन भएको भन्दै पीडितहरुले उजुरी दिएका थिए ।

पीडितहरुले दिएको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले असोज १८ गते कलंकीबाट पक्राउ गरेको थियो ।

हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको  प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी