×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पञ्चकन्या स्टीलले पायो ग्रिनप्रो प्रमाणपत्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पञ्चकन्या स्टीलले पायो ग्रिनप्रो प्रमाणपत्र

Artha Sarokar

४ कार्तिक २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पञ्चकन्या ग्रुपको सिस्टर कन्सर्न उद्योग पञ्चकन्या स्टिलको उत्पादन टिएमटी रिब्डबारले सन् २०२४ का लागि सीआईआई ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ ।

नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको विज्ञप्तिमार्फत जनाएको छ ।

असोज ३० गते भारतको दिल्लीमा आयोजित एक कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाण पत्र ग्रहण गरेका हुन् ।

पञ्चकन्या स्टिलको टिएमटी रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरे पश्चात् कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्त्वपूर्ण उपलब्धि समेत भएको कम्पनीको भनाइ छ ।

कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआइ)- सोराब्जी गोदरेज ग्रिन बिजनेस सेन्टरद्वारा प्रदान गरिएको ग्रीनप्रो प्रमाणपत्रले वातावरण संरक्षणका लागि कडा मापदण्डहरू पूरा गर्ने उत्पादनहरूलाई मान्यता दिने जनाइएको छ भने यो प्रमाणपत्र ग्रहण पश्चात पञ्चकन्या स्टिलको उच्च गुणस्तर र पर्यावरणमैत्री सामग्रीहरू उत्पादन गर्ने प्रतिबद्धतालाई अझ उजागर गरेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी