×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम सिएका विद्यार्थीलाई इन्टर्नका लागि बिग इन्डस्ट्रीजमा पठाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्राइम सिएका विद्यार्थीलाई इन्टर्नका लागि बिग इन्डस्ट्रीजमा पठाइने

Artha Sarokar

२० आश्विन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्राइम सिएले बिजनेस ग्रुप अफ इन्डस्ट्रीज लिमिटेड (बिग इन्डस्ट्रीज लिमिटेड)को व्यावसायिक गतिविधिहरू सञ्चालन हुने ठाउँहरूमा आफ्ना विद्यार्थीहरुलाई प्रशिक्षार्थीको रुपमा पठाउनका लागि समझदारी गरेको छ । असोज १७ गते उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बि.बि.एम., बि.सि.ए, बि.बि.एस. तथा एम.बि.एस. कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आइरहेको प्राइम सि.ए. सँग आवद्ध स्वयम्भू इन्टरनेशनल कलेज, लगनखेल, ललितपुरले व्यवस्थापन र सूचना प्रविधि शिक्षाको क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ ।

प्रभावकारी सिकाईसँगै आय आर्जन गर्ने विशेष शिक्षा अवधारणा अन्तर्गत सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञानसँग जोड्ने क्रममा विभिन्न औद्योगिक, व्यापारिक, बैंकिङ, वित्तीय, बीमा र सूचना प्रविधिसँग सम्बन्धित व्यवसायिक संस्थाहरुसँग इन्टर्नको लागि सम्झौता गर्दै आफ्ना विद्यार्थीहरुलाई, उक्त संस्थामा प्रशिक्षार्थीको रुपमा पठाई व्यवहारिक ज्ञान प्रदान गर्दै आएको छ ।

सोहिक्रममा प्राइम सिएले बिग इन्डस्ट्रीजसँग पनि आफ्ना विद्यार्थीहरुलाई इन्टर्नका रुपमा पठाउने गरी सम्झौता गरेको हो ।

बिग इन्डस्ट्रीज नेपालको उत्पादन, व्यापार र बजारीकरणलाई सबल बनाउँदै देशलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी