Skip to content
LAXMI SUNRISE BANK

योजना आयोगका उपाध्यक्ष बिरामी परेपछि धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित भएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म अन्तर्वार्ता स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकमध्ये सङ्क्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता दिने कार्यक्रम थियो ।

सर्टलिस्टमा परेर पनि यसअघि तीन उम्मेदवार बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्की अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतिमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK