काठमाडौँ । काठमाडौँबाट स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित ४ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-३२ दोभानपुल बस्ने ४६ वर्षीय राज कुमार माली, सोही महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका-७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका-७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल र झापा बिर्तामोड नगरपालिका-५ घर भएका २७ वर्षीय युवराज सुबेदी रहेका छन् ।
उनीहरुलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका-९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबाट बरामद गरिएको ६८ लाख रुपैयाँ हुण्डीको हुनसक्ने आशंका प्रहरीले गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्