काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान पूर्ण रुपमा बन्द भएको छ ।
आन्तरिक उडान गरिरहेका नेपाल एयरलाइन्सका दुईवटा ट्वीनटर जहाजमध्ये एउटा जहाज पहिले नै ग्राउन्डेड थियो । हाल नियमित उडान गरिरहेको अर्को जहाज पनि ग्राउण्डेड भएपछि नेपाल एयरलाइन्सको सबै आन्तरिक उडान पूर्णरुपमा बन्द भएको छ ।
अहिले आन्तरिक उडान गरिरहेको जहाजको इन्जिनको उडान आवर सकिएपछि जहाज ग्राउण्डेड गरिएको नेपाल एयरलाइन्सले जनाएको छ । एयरलाइन्सका अनुसार नयाँ इन्जिन मगाइएको छ, तर आइपुगेको छैन ।
नेपाल एयरलाइन्सको दुईवटा ट्वीनटर जहाजले नेपालका विभिन्न २० वटा दुर्गम गन्तव्यमा उडान गर्दै आएका थिए । तर, एयरलाइन्सकै लापरवाहीका कारण उडान पूर्ण रुपमा बन्द भएपछि यात्रुहरु थप मर्कामा परेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्