Skip to content
LAXMI SUNRISE BANK

सहकारी ठगी प्रकरणः रवि लामिछानेविरुद्धको अनुसन्धान अन्तिम चरणमा, प्रतिवेदन बुझाउने तयारी

अर्थ सरोकार

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

बुटवल, काठमाडौँ, चितवन, पर्सा लगायतका जिल्लामा सहकारीको बचत अपचलन आरोपमा बयान लिने काम सकिएपछि रविमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको कास्की प्रहरीले जनाएको छ ।

रविमाथि बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको साहारा सहकारी र पर्साको सानो पाइला सहकारीबाट गोर्खा मिडियामा पैसा लगेर अपचलन गरेको आरोप छ ।

यता सरकारी वकिल कार्यालय कास्कीले अनुसन्धान प्रतिवेदन पुष ५ गतेभित्रै बुझाउने तयारी गरेको छ । रवि लामिछाने र पूर्व डिआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीविरुद्ध भने पूरक अभियोगपत्र पेश हुनेछ ।

बयानका लागि पर्सा लगिएका रवि लामिछानेलाई आजै कास्की फिर्ता ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK