Skip to content
LAXMI SUNRISE BANK

रविलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

अर्थ सरोकार

काठमाडौँ । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

मंगलबार म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थिति गराइएका लामिछानेलाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

योसँगै रवि लामिछाने थप ४ दिन जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा रहने भएका छन् ।

लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा गत कार्तिक २ गते पक्राउ गरिएको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK