Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँ विश्वविद्यालयमा परीक्षा नै नदिएका विद्यार्थीसमेत पास !

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु) मा परीक्षा नै नदिएका विद्यार्थी पास भएको पाइएको छ ।

काठमाडौँ  विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ललितपुरको लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टमा भर्ना भएका तर परीक्षामा सहभागी नै नभएका विद्यार्थी पनि पास भएको पाइएको हो ।

कलेज भर्ना भएर बीचमै कक्षा छोडेका र तोकिएको क्रेडिट पूरा नगरेपछि फेल भएका सात जना विद्यार्थी पनि पास भएको विवरण काठमाडौँ विश्वविद्यालयले सार्वजनिक गरेको छ ।

अर्कोतर्फ परीक्षामा सहभागी नै नभएका विद्यार्थीलाई केयुले सार्वजनिक गरेको विवरण २.६५ देखि ३.५१ जीपीएसम्म अंक प्रदान गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK