काठमाडौँ । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि निकै भिड लाग्न थालेको छ । जाडो मौसम लागेसँगै मानुङकोटमा एकाबिहानै भीड बढ्न थालेको हो । प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिन्छ ।
डाँडामा पुगेपछि तलसम्म हेर्न मिल्ने भ्युटावर पनि बनिसकेको छ । मौसम खुलेसँगै उक्त ठाउँदेखि धौलागिरी, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुछ्रेजस्ता थुप्रै हिमश्रृङ्खला देखिन्छन् । दमौली बजार, मादी नदी, रिसिंग, साङ्गे खोला र दक्षिणमा सेती नदी क्षेत्र, गुणादी पनि मानुङकोटदेखि देख्न सकिन्छ ।
पौराणिक किम्बदन्ती अनुसार महर्षि वेद व्यासकी माता माछेगन्दसँग प्रेममा थिए महर्षि परासर । उनीसँगको प्रेमलीला अरुले नदेखुन् भन्ने हेतुले महर्षि परासरले कुहिरोको उत्पत्ति गरेको कथन छ भने मानुङकोट डाँडाबाटै कुहिरोको उत्पत्ति भएको हो पनि भन्ने गरिन्छ ।
काठमाडौँदेखि १६० किलोमिटर र पोखरादेखि ५५ किलो मिटर दूरीमा पर्ने मानुङकोट पुग्न तनहुँ जिल्लाको सदरमुकाम दमौलीदेखि मानुङकोट १० किलोमिटर लामो बाटो छिचोल्नुपर्छ । गन्तव्यसम्म स्कुटर, बाइक, गाडीमा सजिलै पुग्न सकिन्छ । पैदल यात्रीले भने दमौलीदेखि करिव १ घण्टा हिँड्नुपर्छ । विशेष गरी शुक्रबार र शनिबार बढी भीड हुने मानुङकोटमा शनिबार मात्र ५ हजारभन्दा बढी पर्यटक पुग्ने गरेको होटेल संचालकहरुले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्