काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सेयर बजार बढ्न लगानीकर्ताको मनोबल बढ्नुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)को कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले अहिले सेयर लगानीकर्ताको मनोबल बढ्न नसक्दा सेयर बजार चलायमान हुन नसकेको उल्लेख गरेका छन् ।
अहिले सेयर बजारमा लगानीकर्ताले आफ्नो लगानी सुरक्षित भएको महसुश गर्न नसकेकै कारण मनोबल उच्च नभएको र मनोबल उच्च नहुँदा समग्र सेयर बजार अपेक्षा अनुसार चलायमान हुन नसकेको श्रेष्ठले बताएका छन् । ‘पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक हुन्छ । बोर्डले लगानीकर्ताको सुरक्षाको लागि लगानीकर्ताको मनोवल उच्च हुन आवश्यक छ ।’, उनले भने, ‘लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महशुस गर्नुहुन्छ ।’
त्यस्तै, अध्यक्ष श्रेष्ठले लगानीकर्ताको सुरक्षा नै बोर्डको पहिलो प्राथमिकता भएको भन्दै सोही अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘लगानीकर्ताको लगानी सुरक्षा गर्नु बोर्डको जिम्मेवारी हो । तर पनि पुँजीबजारसँग सरोकार राख्ने सबैले प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’, उनले भने, अहिले सिमित रुपमा मात्रै बसेको पूँजीबजारको दायर बढाउँदै लैजानुपर्छ ।’ त्यस्तै, उनले मार्केट स्टुमेण्टहरु ल्याउन आवश्यक रहेको भन्दै त्यसको लागि बोर्ड काम गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्