Skip to content
LAXMI SUNRISE BANK

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्ने नेप्सेको निर्णयविरुद्द अदालत जाँदै लगानीकर्ता, अव के हुन्छ ?

अर्थ सरोकार

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्ने नेप्सेको निर्णयविरुद्द लगानीकर्ता अदालत जाने भएका छन् । कारोबार रोक्का गर्ने कुनै पनि मनासिव कानुनी कारण नभएको दाबी गर्दै लगानीकर्ताले सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन् ।

यसका लागि कर्णालीको सेयर होल्ड गरिरहेको एक समूह तयारीमा लागेको छ । ‘हामी रिटको तयारीमा छौँ । समस्याग्रस्त घोषणा हुँदैमा सो कम्पनीको सेयर कुन कानुनमा टेकेर रोक्का गरियो भन्ने प्रश्नको जवाफ नेप्सेसँग छैन । राष्ट्र बैंकले सुधार्छु भनेर कम्पनी लिईसकेपछि कम्पनी त झन् राम्रो हुनुपर्ने हो । बजारमा सर्किट लाग्छ भनेर राष्ट्र बैंक डरायो ।’ अर्थ सरोकारको सम्पर्कमा आएका एक लगानीकर्ताले भने, ‘कुनै पनि बहानामा लगानीकर्ताको पैसा होल्ड गर्न पाइन्न ।’

ती लगानीकर्ताका अनुसार अहिले नेपाल सेयर मार्केट फाइनान्स, र क्यापिटलको केसमा के भएको थियो भन्ने तथ्य केलाउने काम भईरहेको छ । ‘पछिल्ला कम्पनीको केसमा के भएको थियो भन्ने बुझेपछि रिटको तयारी भईरहेको छ । केही हप्ता कुर्ने कि तत्काल अदालत जाने भन्ने विषयमा साथीहरुसँग सल्लाह भईरहेको छ । नेप्सेले केही दिनमै कारोबार फुकुवा गर्छ भने किन अदालत जाने भन्ने केही साथीहरुको तर्कमा हामी कन्भिन्स्ड छौँ । बाँकी सल्लाह गर्दैछौँ ।’

नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि अहिले नेप्सेले सो कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नै कम्पनीको कारोबार रोक्का गरेको दाबी गरेको छ भने धितोपत्र बोर्डले राष्ट्र बैंकको पत्रअनुसार नै नेप्सेलाई पत्र लेखेको बताईरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK