Skip to content
LAXMI SUNRISE BANK

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, कम्तीमा १ वर्ष नखुल्ने !

अर्थ सरोकार

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । नियामक नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले सो बैंकको सेयर कारोबार रोक्का गरेको हो ।

योसँगै सेयर लगानीकर्ताको करोडौँ रुपैयाँ कम्तीमा एक वर्ष होल्ड हुने भएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम नेपालगञ्ज, बाँके केन्द्रीय कार्यालय रहेको उक्त विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । समस्याग्रस्त घोषणा भएसँगै नेपाल राष्ट्र बैंक ऐनको दफा ८६ ग बमोजिम कर्णाली विकास बैंकको व्यवस्थापन समेत केन्द्रीय बैंकले नियन्त्रणमा लिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK