×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीईओ गोबिन्द गुरुङको पर्फमेन्स कमजोर हुँदा कृषि विकास बैंक निरन्तर घाटामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सीईओ गोबिन्द गुरुङको पर्फमेन्स कमजोर हुँदा कृषि विकास बैंक निरन्तर घाटामा

Artha Sarokar

२५ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोबिन्द गुरुङको पर्फमेन्स कमजोर हुँदा कृषि विकास बैंक निरन्तर घाटामा गएको देखिएको छ । बैंकको सीईओको रुपमा गुरुङ नियुक्त भएयता बैंक निरन्तर घाटामा देखिएको हो ।

गुरुङलाई बैंकको २०७९ फागुन ७ गते सीईओको रुपमा नियुक्त गरिएको थियो । तर, सीईओमा गुरुङ नियुक्त भएयता बैंक घाटामा देखिएको छ ।

यसो त गुरुङ सीईओ हुने बेलामा बैंक १२ करोड रुपैयाँ घाटामा थियो । सोही बेला बैंकको सीईओ बनेका गुरुङलाई बैंकको नाफा वृद्धि गर्ने ठूलो चुनौति थियो । तर, बैंकको सीईओ नियुक्त भएपछि ठूलो अपेक्षा गरिएका गुरुङको पर्फमेन्स कमजोर हुँदा आर्थिक वर्ष २०८०/८१ मा बैंक २७ करोड रुपैयाँ घाटामा गएको थियो ।

हाल वाणिज्य बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा पनि २० वाणिज्य बैंकमध्ये घाटामा गएको कृषि विकास बैंक एक्लो बैंक हो । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म बैंक २२ करोड रुपैयाँ बढी घाटामा छ । यसले बैंकका सीईओ गुरुङको कार्यक्षमता माथि नै थप प्रश्न उठाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी