×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुष महिनाका लागि अधिकांश बैंकको ब्याजदर स्थिर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पुष महिनाका लागि अधिकांश बैंकको ब्याजदर स्थिर

Artha Sarokar

३० मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरुले पुस महिनाका लागि मङ्सिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै अधिकांश वाणिज्य बैंकहरुले मङ्सिर महिनाकै निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

पुस महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.०५ प्रतिशत बिन्दुले बढेको छ ।

योसँगै मङ्सिर महिनामा अधिकतम ५.९७ प्रतिशत ब्याज दिएका २० वाणिज्य बैंकहरुले पुसमा व्यक्तिगत निक्षेपको ब्याजदर औसतमा ६.०२ प्रतिशत ब्याज दिने भएका छन् ।

पुसमा २० मध्ये तीन वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् भने तीन वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छन् । बाँकि १४ बैंकले भने मङ्सिर महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका छन् ।

ब्याजदर बढाउनेमा एनएमबि बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंक छन् भने ब्याजदर घटाउनेमा एनआइसी एशिया बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी